२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

‘मिटरब्याज पीडितको समस्या सामाधानका लागि अगाडि बढिसक्यौं’

Nada
प्रेमचन्द्र झा
२०८१ कार्तिक ७ गते २२:०१
Shares
‘मिटरब्याज पीडितको समस्या सामाधानका लागि अगाडि बढिसक्यौं’

रौतहट : अनुचित लेनदेन मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले अनुचित लेनदेन  मिटरब्याज पीडितको समस्या सामाधानका लागि पीडितहरु आफैंले बिगुल फकी सकेको दाबी गरेका छन् । 

ncell

अनुचित लेनदेन मिटर ब्याज पीडित संघर्ष समितिद्वारा वित्तीय शोषणविरुद्व रौतहटको गरुडामा आयोजित बृहत् आम सभामा बोल्दै अध्यक्ष महतोले आम जनता वित्तीय शोषणविरूद्ध  उठ्नुपर्ने बताए । 

उनले भने, ‘देशमा हरेक क्षेत्रमा लुटतन्त्र छ ।  यो नालायक सरकारले जनताको समस्या बुझिरहेको छैन् । सहकारी छानबिन समिति बन्यो, तर कुनै पक्राउ परेनन् ।  जनताको समस्या अल्झाउने दाउमा छ । हामी लुटेराको विरोधी हो । कुनै व्यक्ति पार्टीको होइन् । शोषण वादीकोविरूद्ध हामि लागेका छौं ।’

सो कार्यक्रममा केन्द्रीय  महासचिव मनोज कुमार पासवान, केन्द्रीय प्रवक्ता नीरर नवीन, नवीन थापा, सियाराम महतोसहितका वक्ताले राज्यले वित्तीय शोषण माफियाको पक्षमा रहेको आरोप लगाएका छन् । मिटर ब्याज पीडितको समस्या समाधान भएन भने सरकारको विरुद्धमा देशभरी बाट आन्दोलन गर्ने उद्घोष गरे ।

जिल्ला अध्यक्ष शिवशंकर कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । यसअघि अनुचित लेनदेन तथा मिटर ब्याजी पीडितहरुले आफ्नो समस्या समाधान गर भन्दै नाराबाजी गर्दै गरुडा बजार परिक्रमा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर