२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका खेलेका छौं : मुख्यमन्त्री आचार्य

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ८ गते १८:४०
राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका खेलेका छौं : मुख्यमन्त्री आचार्य

कपिलवस्तु : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन् । गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहीबार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफू नेतृत्वको सरकारले राज्य संयन्त्रलाई बलियो बनाउने गरी भूमिका बढाएको बताएका हुन् ।

‘राम्रो गर्न कोसिस गरिरहेको छु । किन कि यो विचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु बिग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सही मार्गमा ल्याउनको निम्ति धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउँदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’

यस्तै मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताए । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यसअनुसार सुधारका काम गर्दै आएको स्पष्ट पारे ।

‘कमजोरी हुन दिने छैन । तर जानेर या नजानेर मेरा कहीँ कतै कमिकमजोरी देख्नुभयो भने पर्खिएर होइन, तत्काल सच्याउनको निम्ति यहाँहरुको अवश्य पनि साथ सहयोग पाउने छु भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘समयमै सचेत बनाउने, टिकाटिप्पणीको बारेमा सुसूचीत गराउने जिम्मेवारी तपाईंहरुको हुन जान्छ ।’ कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रकान्त आचार्यले मुख्यन्त्री चेतनारायण आचार्यलाई सम्मान गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise