२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

शितगंगामा प्लास्टिकका माला प्रतिबन्ध

Nada
सूर्यप्रसाद भुसाल
२०८१ कार्तिक ८ गते २०:३९
Shares
शितगंगामा प्लास्टिकका माला प्रतिबन्ध

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले प्लास्टिकका मालाहरुको बिक्रीमा रोक लगाएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसिले जानकारी दिए । 

ncell

नगरपालिकाले  स्थानीय फूलहरूको व्यवसायलाई प्राथमिकतामा राखी स्थानीय फूल किसानको माग अनुसार स्थानीयलाई थप प्रोत्साहन दिनुको साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको नगरपालिका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए । 

तिहारको समयमा प्लास्टिकका मालाहरुको प्रयोग बढ्ने र नगरपालिकाको स्थानीय फूलहरु बिक्री नहुने हुँदा प्लास्टिक मालाका कारणले वातावरणमा प्रभाव पर्ने फोहोरको मात्रा वृद्धि गर्ने र स्थानीय फूलहरूको प्रयोग घटाउने गरेको देखिएकोले नगरपालिकाले यस्तो निर्णय गरेको योजना अधिकृत खनालको भनाइ छ । 

नगरपालिकाको बैठकले उक्त निर्णय गर्दै सबै वडा कार्यालय, प्रहरी प्रशासन, र उद्योग वाणिज्य संघलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको योजना अधिकृत खनालले मध्यान्हलाई बताए ।

प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जिसीद्वारा हस्ताक्षरित पत्रमा यो निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय उत्पादनहरूको प्रवद्र्धनमा यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ, जसले स्थानीय फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ ।

यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण कम गर्ने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने विश्वास नगरपालिकाले गरेको छ । साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कार्यलय प्रमुख जिसिले बताए । शितगंगाले अहिले जनताको माग गुनासो अनुसार काम गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर