२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निर्माण व्यवसायी संघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Nada
महमद सदाब
२०८१ कार्तिक १० गते १७:११
Shares
निर्माण व्यवसायी संघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगञ्ज : नेपाल निर्माण व्यवसायी संघ पर्साद्वारा आयोजित दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 'रक्तदान जीवन दान' भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख रजेशमन सिंह  र उपप्रमुख इम्तियाज आलमले गरेका थिए ।

ncell

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले दिपावली तथा छठ पर्वको शुभकामना दिँदै निर्माण व्यवसायीको भवनका लागि २० लाख रुपैयाँसम्म योगदान गर्ने घोषणा गरे ।

कार्यक्रमका विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख आलमले नेपाल निर्माण व्यवसायी संघसँग हातोमालो गरेर अगाडि बढ्ने बताए । उनले वीरगञ्जको विकासका लागि निर्माण व्यावसायीहरुको ठूलो योगदान रहेको बताउँदै सामाजिक काममा पनि ठूलो योगदान पुर्‍याउनेमा आफू विश्वस्त रहेको बताए । आगामी दिनमा निर्माण व्यावसायीहरुलाई सक्दो सहयोग गर्ने पनि उनले बताए ।

कार्यक्रममा करिब दुई सयभन्दा बढीले रक्तदान गरेको नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष सुरेशप्रसाद यादवले जानकारी दिए । रक्तदान गर्नेहरुलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखले प्रमाणपत्र वितरण गरेका थिए ।

पाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यावसायी संघ पर्साका निवर्तमान अध्यक्ष रमाकन्त प्रसाद चौरसिया, पूर्वअध्यक्ष रमेश पाण्डे, पूर्वअध्यक्ष मोहन यादव, वीरगञ्च महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष हिरालाल गिरी, संघका उपाध्यक्ष ज्ञानेन्द्र मिश्रा, सचिव शनि यादवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष ज्ञानेन्द्र मिश्राले राखेका थिए भने सञ्जय पटेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर