२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बालबालिकाको क्यान्सर उपचार निःशुल्क

ADV
जानकी पाठक
२०८१ कार्तिक १२ गते ०६:३०
बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौं : १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्तरीय निर्णयबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय भएको छ । मंसिर १ गतेदेखि निर्णय कार्यन्वयन गर्ने गरी शुरुमा निःशुल्क उपचारका लागि तीन वटा सरकारी अस्पताल अस्पताल तोकिएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

मन्त्री पौडेलका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको हो । भन्छन्, ‘राज्यको सामथ्र्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ ।’ 

मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएका थिए ।  नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको तथ्यांक छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलका अनुसार नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउने पर्यास पनि अगाडि बढेको छ । 

औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन गठित समितिका पदाधिकारीसँग मन्त्री पौडेलले आइतबार छलफल ग।रेका थिए । उक्त छलफलमा  मन्त्री पौडेलले आमउपभोक्तालाई उचित मूल्यमा कसरी औषधि वितरण गर्न सकिन्छ भनेर आवश्यक सुझाव दिन आग्रह गरे ।औषधिको मूल्य लामो समयदेखि समायोजन भएको छैन । तथापि, अहिलेको मूल्यवृद्धि गर्नेपर्ने अवस्था नरहेको बताए ।

मन्त्री पौडेलले ग्याँस र तेलको मूल्य बढ्यो भनेर औषधिको पनि बढाउनुपर्छ भन्ने नभएको बताए । औषधि नागरिकको जीवनसँग जोडिएको विषय भएकाले सरकारले मूल्य समायोजना गर्न खोजेको उनले बताए । मन्त्री पौडेलले नागरिकलाई सकेसम्म सस्तो मूल्यमा औषधि उपलब्ध गराउने गरी मूल्य समायोजन हुने बताए । 

औषधिको मूल्यसूचीबारे आफूले जानकारी राखेको भन्दै मन्त्री पौडेलले उत्पादन र बिक्री सूचीमा केही मात्रामा मूल्य घटाउन सकिने बताए । उनले मूल्य समायोजना गर्दा पनि व्यवसायीले मुनाफा राखेर अहिलेको भन्दा कम मूल्यमा अत्यावश्यक औषधि बिक्री गर्नसक्ने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise