२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

सिंजामा प्राज्ञिक बहस

draupadi film
दिलमाया शाही
२०८१ कार्तिक १२ गते २१:१०
सिंजामा प्राज्ञिक बहस

जुम्ला : नेपाली भाषाको उद्गमस्थल सिञ्जामा खस सभ्यताको  लोक संस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी गरिएको छ । 

लोक साहित्य,भाषा,कला संस्कृति,परम्परा, रितिरिवाजको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले जुम्लाको सिंजामा लोकवार्ता परिषद नेपालको आयोजनामा सिञ्जा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको संयुक्त रुपमा सिञ्जाको नराकोटमो लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस गरिएको हो  ।

त्यस्तै सिञ्जामा प्रस्तुत भएका कार्यपत्रमा डा. शशि थापा पण्डितले खसजातिको उत्पति र सांस्कृतिक प्रभाव, संस्कृितविद् शितल गिरीले मष्टो र खस जाति, दिलविक्रम आङको, स्थानीय जानकार सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालको खस मौलिक चाडपर्व र मूल्यवोध, शिक्षक वुद्धिजीवि देवराज धिताललको खस सम्पदाहरुको संरक्षणको प्रश्न नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीबाट सिञ्जा सभ्यताका परम्परागत सञ्चार माध्यामको विषयमा कार्यपत्र प्रस्तुत  गरिएको थियो ।

लोकवार्ता परिषद नेपालको १३ औं संगोष्ठीको अवसरमा खस सभ्यताका जानकार व्यक्तिहरुको उपस्थितिमा बहस छलफल तथा खस सभ्यताका सांस्कृतिक कलाहरु प्रस्तुत गरिएका छन् । 

सिञ्जाको नराकोटमा आयोजित कार्यक्रममा स्थानीय मागल, वालोनाच, देउडानाच, धामीनाच, रोपाईनाच, सिंगारुनाच, एकल गित लगायतका विभिन्न विषयको कला प्रस्तुत गरिएको थियो । 

कनका सुन्दरी गाउँपालिकाको कर्णाली खस सांस्कृतिक मञ्च जुम्लासहित स्थानीय कलाका धनि व्यक्तिले कला प्रस्तुत गरेका थिए । त्यस्तै  लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डाक्टर माधव प्रसाद पोख्रेल, प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डाक्टर धुर्व प्रसाद घिमिरे, मनोहर लामिछाने, डाक्टर शशि थापा पण्डित सहित २२ जना प्राज्ञ व्यक्तित्वहरु र जुम्ला निवासी खोज पत्रकार राजबहादुर कुँवरसहितको टिमले सुर्खेत हुँदै, दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानीमा प्राज्ञिक बहस गरेको हो । 

उक्त कार्यक्रम कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतिमाथीको खजना भएकाले यसको संरक्षण तथा गर्न आवश्यक रहेको बताए । उनले नेपाली खस तथा भाषाको उत्पती भएको ठाउँको हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पुस्तालाई पनि हस्तान्तरणको लागि पनि लिपिबद्ध गर्न अनुरोध गरे । त्यस्तै कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव आवश्यक रहेको बताए । 

त्यस्तै सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोक वार्ता परिषद नेपालमा आबद्ध कमलका निम्लेले सिंजा सभ्यता के हो भनेर सबैलाई चिनाउने विश्वास ब्यक्त गरे । 

त्यस्तै,कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार आचार्यले एकमतमा सिञ्जा सभ्यता र संरक्षण विषयमा संघीय सरकार, प्रदेश सरकारले जोड दिनुपर्ने सुझाव दिए । सिंजाको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले  यी स्थान र वस्तुहरूले समुदायहरूको सांस्कृतिक पहिचानलाई कायम राख्न  यो कार्यक्रमले मद्दत गर्ने बताइन्  । 

त्यस्तै लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगिनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको जन्म भएको र यस पटक १३ औं संगोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise