२०८१ माघ १६ गते बुधवार / Jan 29 , 2025 , Wednesday
२०८१ माघ १६ गते बुधवार
Ads

निःशुल्क मोतिबिन्दु शिविरमा ५८ जनाको शल्यक्रिया

hardik ivf
राजकुमार भुजेल
२०८१ कार्तिक १३ गते २१:४६
निःशुल्क मोतिबिन्दु शिविरमा ५८ जनाको शल्यक्रिया

दोलखा : दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको सारदा माध्यमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा ५ सय  ३० जनाको आँखा परीक्षण गरिएको छ । 

माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौंको आयोजना फाइट फर लाइफ नेपाल काठमाडौं सहआयोजना र शैलुङ गाउँपालिका वडा नम्बर ८ स्थानीय आयोजकद्वारा आयोजित शिविरमा ५८ जना आँखाका बिरामीहरुको शल्यक्रिया गरिएको माट्रिका आँखा केन्द्रका प्रशासकीय प्रमुख कल्याण ढुंगानाले बताए । 

शिविरमा नेत्र रोग विषेशज्ञ डाक्टर दीक्षा मल्लको नेतृत्वमा मोतिबिन्दुको अप्रेशन भएको फाइट फर लाईफ नेपाल काठमाडौंको अध्यक्ष हेमा मानन्धरले बताए  । मानन्धरका अनुसार शिविरमा ५० जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको छ ।

चस्मासँगै औषधी पनि वितरण गरिएको थियो । शिविरको दोलखाका वरिष्ठ समाजसेवी तथा राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष शोभित उप्रेतीले पहल गरी आयोजना गरिएको थियो । शिविरबाट दोलखाका वृद्धवृद्वालाई अत्यन्तै सहयोग पुगेको बताइएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise