२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कविता : सुनदह

Nada
२०८१ कार्तिक १४ गते ११:४९
Shares
कविता : सुनदह

-ध्रुव वि.क.

ncell

रुकुम पूर्व पुथाको गर्व, प्रकृतिको उपहार,  
सुनदह तिमी स्वर्गको खुला द्वार
अग्ला पहाड र हिमालले घेरेको 
प्रकृतिको कलाले भरेको स्वर्गीय ठाउँ

हरेक मौसममा रङहरुले सजिएको बगैंचा  
झरनाको राग र हिमालको छानो
पर्यटकको मन तिमीमा हराउँछ  
सुनदह तिम्रो छायाँमा शान्ति पाउँछ

धेरैले सम्झन्छन् तिमीलाई सपना जस्तो
रंग र रुपमा हराउँछन् शब्दमा नअट्ने कस्तो  
नीलो जलमा बादलको त्यो प्रतिविम्ब  
सुनको दह तर चम्कन्छौ हिरा जस्तो

चन्द्रमाको प्रकाशमा तिमी झलमलाउँछौ 
सुनजस्तै चम्किएर धर्ती सजाउँछौ 
साँचै तिम्रो सौन्दर्यको वयान गरी सकिन्न  
प्रकृतिको वरदान तिमी जस्तो अरू कोही छैन 

रहिरहोस् तिम्रो महिमा यो धरतीमा 
सुनदह तिमी सधैं बस्नु हाम्रा हृदयमा।

(वि.क. रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

ताजा खबर

सम्बन्धित खबर