२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

भाइटीका आयो, तर विदेशिएको भाइ आएन

ADV
मध्यान्ह
२०८१ कार्तिक १७ गते ०८:१५
भाइटीका आयो, तर विदेशिएको भाइ आएन

पछिल्ला केही दिनयता गाउँघरमा तिहारको चहलपहल बढेता पनि अरु वर्षको तुलनामा यस वर्ष चहलपहल घटेको छ । विदेशिएका दाजुभाइहरु गाउँ आउन सकेनन्, आए त केबल माइती घरमा दिदीबहिनीहरु । 

पाचँ वर्षअघि मात्रको गाँउ हेर्ने हो भने यो बेला गाउँमा दमाह, मादलसहितको देउसी भैलो खेलिरहेका हुन्थे गाउँका युवा । अहिले गाउँमा देउसी भैलो खेल्नेहरु बिरलै देखिने गरेका छन् । गाउँमा पिङ हुन्थ्यो, तर अहिले छैननन् यसको कारण एउटै हो वैदेशिक रोजगार । रोजगारीकै लागि युवाहरु पलायन हुँदा गाउँघर नै रित्तो भएका छन् ।

देशमा आयत भन्दा निर्यात घट्दो क्रममा रहेको छ । देशमा आर्थिक गतिविधिहरु घट्दो क्रममा रहेको छ । यसको असरले गर्दा गाउँ घरमा पनि पहिलेको भन्दा अहिले चहलपहल घटेको छ । तिहारलाई विशेषगरी दाजुभाइ र दिदीबहिनीको टीकाको उत्सवको रुपमा लिने गरिन्छ । सरकारले आवश्यक रणनीति निर्माण गरी देशमै रोजगारका अवसर सिर्जना गर्ने हो भने हाम्रो संस्कृतीहरु पनि जगर्ना हुने थियो कि ?

ADVADV

सम्बन्धित खबर

Advertise