२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

देउसी भैलोमा रमाए सेसेल्सका नेपाली

Nada
अनिल बानिया
२०८१ कार्तिक १९ गते १८:४७
Shares
देउसी भैलोमा रमाए सेसेल्सका नेपाली

सेसेल्स आइल्याण्ड : नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा तिहारलाई लिइन्छ । प्रवासमा रहेका कतिपय नेपाली कामको प्रकृति र विविध कारणले चाडपर्व मनाउन नपाउँदा निराश हुन्छन् । तर यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) समन्वय परिषद् सेसेल्सद्वारा आयोजित ‘देउसी भैलो कार्यक्रम २०८१’को रौनक बेग्लै देखिएको थियो ।

ncell

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी युवा व्यावसायी कोमलराज पाण्डे, विशिष्ट अतिथिहरु आईसीसी सदस्य खेसना लिम्बू, संस्थाका प्रमुख सल्लाहकार दुर्गाबहादुर थापा, सल्लाहकार प्रेम चन्द, कमानसिंह कार्की, संरक्षक रामचन्द्र राई, समाजसेवी एवम् एडभाइजर धरमविर शर्मा, स्टिभ ह्यान्स्लीलगायत रहेका थिए । 

No description available.

संस्थाको अक्टोबर ५ र ६ तारिकमा सम्पन्न दशैं मेला २०८१ लाई सहयोग गर्ने संघसंस्था, कम्पनीका प्रमुखलगायतलाई सम्मान एवम् प्रशंसापत्रले अभिनन्दन गरिएको थियो । सम्मानित विभिन्न व्यक्तिहरुले आ–आफ्नो धारणा राख्दै एनआरएनए सेसेल्सको रचनात्मक कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रमको दोस्रो खण्डमा नेपाली मौलिक परिकारसहित सेलरोटी, अचारलगायतका खानाको स्वाद लिइएको थियो । नेपाली मौलिक परिकार सेसेल्समा रहेका स्थानीयहरुलाई समेत मन परेको थियो । सो अवसरमा सामूहिक देउसी भैलो खेल्दै संस्थालाई आगामी दिनमा अझै सक्दो साथ सहयोग गर्न सबैलाई आह्वान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव ठगेन्द्र बुढामगरले गरेका थिए ।

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर