२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना बढीले लिए सेवा

ADV
पवन जायसवाल
२०८१ असार ३ गते २०:४६
क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना बढीले लिए सेवा

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं.६ कमैया डाँडामा क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आयोजना, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले स्वागत मन्तव्य राखेका थिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक प्रकाश प्रसाद शाहको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. इन्द्रनिल घोस, डा. रवि स्वाँर, डा. खोम बहादुर चौधरी, डा. चिरञ्जीवी चालिसे, डा. रामनाथ वर्मा, प्रशासन प्रमुख सरिता श्रेष्ठ, स्टाफ नर्स सिमरन श्रेष्ठ, अनिता रसाइली, बिनिता खड्का खत्री, कुमार चौधरी, खगेन्द्र शाही, मान बहादुर चौधरीले शिविरमा बिरामीहरुको चेक जाँच कार्यमा सहयोग गरेका थिए । 

शिविरमा ७५ जना भन्दा बढी बिरामीहरुको चेक जाँच गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्रमुख दोलख बहादुर डाँगी, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सरिता सिंह, पूनम थापा, उपशाखाका स्वयं सेवक भाइबहिनीहरुको सहभागिता रहेको खजुरा रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरीले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise