२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

काठमाडौंले नदेखेको बैतडीको विनायक

ADV
ललित बोहरा
२०८१ कार्तिक २२ गते ०६:३५
काठमाडौंले नदेखेको बैतडीको विनायक

काठमाडौं : आधाभूत आवश्यकता भित्र पर्छन्, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र बिद्युत सेवा । तर यी आवश्यकता पनि पुरा नभएको गाउँ हो– बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ विनायक गाउँ । यो गाउँवासीलाई नुनदेखि सुनसम्म भारतको भर पर्नुपर्ने बाध्यता छ । आवश्यक सामग्री लिन र कोही बिरामी परे उपचारका लागि महाकाली ट्यूबको सहायताले पार गर्नुपर्छ । 

नेपाल भारत सीमा क्षेत्र बैतडीको पञ्चेश्वर गाउँपालिकाका नागरिक आधाभुरत विकासबाटै बञ्चित छन् । जिल्लाको तल्लो स्वरड भनेर चिनिने बिनायक लगायतका महाकाली किनारका बस्तीलाई आधारभुत स्वास्थ्य, शिक्षा, सडक बिद्युत, खानेपानी पाउन मुस्किल छ । जस मध्येको एक गाउँ हो, बिनायक । जहाँ खानेपानीका लागि महाकाली नदीको भर पर्ने बाध्यता छ । 

स्थानीय निर्मला चन्दका अनुसार बच्चादेखि बुढासम्म सबैले महाकालीकै पानी कुनै फिल्ड बिधि नअपनाई पिउँछन् । बिनायक गाउँबासीका लागि पानी खुवाउन तीन बर्ष पहिले शुरु भएको बास खेत खानेपानीको योजना अलपत्र छ । ९३ धारा बनाउने सहमति गरेको खानेपानी व्यवस्था तथा ढलनिका कार्यालय कञ्चनपुरले सम्झैता अनुसार काम नगर्दा योजना अलमलमा परेको हो । 

समितिसँग ३९ लाखमा निर्माण सम्झैता गरेर २२ लाख समितिलाई भुक्तानी गरेको छ । बाँकी रकमबाट कार्यालयले २५ धारा निर्माण लागि समान खरीद गरिएको योजनाका अध्यक्ष कुन्डल चन्दले बताए । 

अधुरो खानेपानी योजनाका धारा निर्माण लागि वडा नम्बर ४ को कार्यालयले यो बर्षको बजेटबाट सहयोग गर्ने बताएको छ । जनप्रतिनिधिको चिमड चन्दका अनुसार पञ्चेश्वरमा विस्तारै विकास हुँदैछ । बिद्युतका पोल स्थानीयले कतै आफैले गाडेका छन्, कतै त्यतैकै सार्वजनिक स्थलमै राखिएका छन् । 

स्थानीय बल बहादुर चन्दका अनुसार बिद्युत सेवा बिनायकमा मात्र होइन, पञ्चेश्वर गाउँपालिकाका अधिकांश गाउँमा विस्तार हुन बाँकी छ । बिद्युत सेवा नहुँदा पञ्चेश्वरका बिद्यालयहरुले विद्यार्थीलाई डिजिटल माध्यमबाट शिक्षा दिन सकेका छैनन् । 

कल्याणपुर आवि पञ्चेश्वर गाउँपालिका ४ बैतडी प्रअ राजबहादुर चन्दले विद्युत अभावमा कम्युटर लगायतका माध्यमबाट शिक्षा दिन नसकिएको बताए । 
यस क्षेत्रका नागरिकहरु सामान्य ज्वरो आउदाँ समेत भारत पिथउडागड पुग्नुपर्ने बाध्यतामा छन् । पञ्चेश्वर गाउँपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालन गरेका ४ वटा वथिङसेन्टर पनि बन्द भएको छ । 

तथापि, सडक पुगेका ठाउँबाट प्रसुती सेवाका लागि एम्बुलेसले निः शुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक राम सागर शाहले बताए । 

स्थानीयहरू संघीय सरकारले प्राथमिकता नदिँदा आफूहरु आधारभूत आवश्यकताबाट समेत बन्चित हुनुपरेको दुःखेसो गर्छन् । महाकाली किनारका बस्तीलाई विकासको मुल प्रवाहमा ल्याउन संघ, प्रदेश र स्थानीय तहले संयुक्त रुपमा तदारुकता देखाउनुपर्ने उनीहरुको माग छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise