२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

‘मुलुकलाई चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर’  

Nada
२०८२ भदौ १३ गते १५:२८
Shares
‘मुलुकलाई चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर’  

काठमाडौंः उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौती दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले मुलुकलाई चुनौती दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताएका हुन् ।

राज्यलाई नै चुनौती दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने सरकारले प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताए । उनले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्ट पर्न नदिने पनि दोहोर्‍याए ।

उपप्रधानमन्त्री पौडेलले भने,‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ । सम्पत्ति सुद्धीकरण र आतंककारी कार्यमा वित्तिय लगानी नियन्त्रण सम्बन्धि विश्वका साझा प्रयास पनि त्यसैका अभिव्यक्तिहरु हुन् । हाम्रो राज्यलाई नै चुनौती दिन सक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपालका विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । त्यस हिसावको प्रयासहरु छ । यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु ।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाई व्यहोरिरहे पनि समस्यामा पनि जेलिएको अवस्था नभएको पनि बताए । 

सम्बन्धित खबर