काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काको ध्यानाकर्षण गराएको छ ।
एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कालाई भेट गरी मलेसियामा कार्यरत नेपाली कामदार अलपत्र परी घर फर्किने क्रममा सेल्टर हाउस नहुँदा समस्या रहेकोे भन्दै सरकार र एनआरएनए मलेसियाको समन्वयमा क्वालालम्पुरमा सेल्टर हाउस स्थापना गर्न ध्यानाकर्षण गराएको बताए ।
अध्यक्ष थापाले तत्काललाई सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा एनआरएनए मलेसियाले नै गर्ने तर भविष्यमा एनआरएनएले सञ्चालन गर्न नसकेको खण्डमा नेपाल सरकारले स्वामित्वमा लिएर संचालन गर्नुपर्ने विषयमा छलफल भएको बताए ।
त्यसैगरी अध्यक्ष थापाले अनलाइनबाट पुनः श्रम स्विकृति लिने प्रक्रियालाई सहज बनाउन परराष्ट्रमन्त्री डा. खड्काको ध्यानाकर्षण गराइएको बताए । जवाफमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्काले मलेसियामा समस्यामा पर्ने नेपाली कामदारको निम्ति सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies