२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

रौतहटका पालिकाहरुमा निमित्तको नेतृत्व हट्यो

Nada
धर्मेन्द्रकुमार साह
२०८२ भदौ १३ गते २०:४१
Shares
रौतहटका पालिकाहरुमा निमित्तको नेतृत्व हट्यो

रौतहट : रौतहटका स्थानीय तहहरु अब दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटिने भएका छन् । 

ncell

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ठुलो संख्यामा उपसचिव र शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेपछि रौतहटका स्थानीय तहमा पनि नियमित कर्मचारी खटिने व्यवस्था लागू भएको हो ।

मन्त्रालयले जिल्लामा १५ उपसचिव पदस्थापन गरेको छ । यसअघि अधिकांश स्थानीय तह निमित्तको भरमा सञ्चालन हुँदै आएका थिए । अब पहिलो पटक सबै पालिकामा दरबन्दी अनुसारको कर्मचारी खटाइने भएको छ ।

रौतहटका पालिकामा खटिने प्रमुख प्रशासकीय अधिकृतहरूमा राजपुर नगरपालिकामा पुस्कर राणा, परोहामा दीपक कुमार निरौला, कटहरिया नगरपालिकामा गणेश नेपाली, देवाही गोनाही नगरपालिकामा नारायण पाण्डेय, वृन्दावन नगरपालिकामा महम्मद शेर मुस्तफा, गरुडा नगरपालिकामा नितम कुमार न्यौपाने, राजदेवी नगरपालिकामा तिलोचन रिमाल, गौर नगरपालिकामा मात्रिका आचार्य, बौद्धिमाई नगरपालिकामा डिल्लीराज श्रेष्ठ र  गढिमाई नगरपालिकामा इन्द्रदेव पाण्डे रहेका छन् । 

यस्तै गुजारा नगरपालिकामा शान्ति वि.क, माधवनारायण नगरपालिकामा शेखर पौडेल, मौलापुरमा बिकाउ कुमार यादव, फतुवाबिजयापुरमा नवराज अधिकारी, ईशानाथ नगरपालिकामा तुलसी प्रसाद दाहाल रहेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा र पदस्थापन गरेको थियो । यसका साथै देशभरका सबै स्थानीय तहमा निमित्त व्यवस्थालाई अन्त्य गरिएको छ । पहिले रौतहटका १८ स्थानीय तहमध्ये १६ वटा पालिका निमित्तको भरमा सञ्चालन भइरहेका थिए । 

ताजा खबर

सम्बन्धित खबर