२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जेठमा करिब पौने लाख विदेशिए रोजगारी खोज्दै

ADV
२०८१ असार ४ गते ०६:५०
जेठमा करिब पौने लाख विदेशिए रोजगारी खोज्दै

काठमाडौं : जेठ महिनामा करिब ७३ हजार नेपाली रोजगारी खोज्दै विदेशिएका छन् । यो संख्या चालु आर्थिक वर्षका अघिल्ला महिनाहरूको तुलनामा धेरै हो । जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसअघि वैशाखमा उक्त संख्या ७० हजारभन्दा केही बढी रहेकोे थियो ।

जेठ महिनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीका लागि  सबै प्रदेशमा श्रमाधान रोजगार मेला सम्पन्न गरेको छ । जेठमा म्यानपावर कम्पनीबाट ३६ हजार ७ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ रहेकोे छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२ जना र मंसिरमा ६८ हजार २ सय १ जना वैदेशिक रोजगारीमा गएका थिए ।

त्यसैगरी पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीमा गएका थिए ।   

गत मे ३१ तारिकदेखि मलेसियाको रोजगारी बन्द अवस्थामा रहेकोे छ । जेठमा सबैभन्दा धेरै कामदार संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । जेठमा २० हजार ४ सय २४ जना यूएई गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट १३ हजार १ जना गएका छन् । दोस्रोमा रहेको साउदी अरबमा १३ हजार ३ सय ६६ जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट ७ हजार ४ सय २० जना गएका छन् ।

तेस्रोमा रहेकोे कतारमा ११ हजार ९ सय ७३ जना गएका छन् । त्यसमा म्यानपावर  कम्पनीबाट जानेको संख्या ३ हजार ५४ रहेको छ । मेलेसियामा ८ हजार ७ सय ५२ जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट ६ हजार ७ सय ५३ जना गएका छन् ।

खाडी मुलुकअन्तर्गत रहेकोे कुवेतमा ३ हजार ४ सय ३२ जना गएका छन् । त्यसमा म्यानपावर  कम्पनीबाट २ हजार १ सय ३० जना गएका छन् । बहराइनमा १ हजार १ सय जना पुगेका छन् । त्यसमा म्यानपावर कम्पनीबाट ७ सय २ जना गएका छन् । ओमानमा म्यानपावर कम्पनीबाट २ सय ४९ जना र अन्य प्रक्रियाबाट गरी ६ सय १८ जना गएका छन् ।

जेठमा पनि युरोपप्रतिको आकर्षण यथावत छ । युरोपेली मुलुकमध्ये जेठमा रोमानियामा १ हजार ९ सय ४६ जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट ६ सय ५८ जना गएका  छन् । क्रोएसियामा २ हजार ९ सय २२ जना गएका छन् । त्यसमा म्यानपावर कम्पनीबाट १७ जना गएका छन् । यस्तै साइप्रसमा ८ सय ९९, माल्टामा २ सय ८१ र पोर्चुगलमा १ सय ३९ जना गएका छन् । पोर्चुगलमा जेठमा भने एक जना पनि गएका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise