काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ‘१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ ३ अर्ब बराबरको डिबेन्चर निष्कासनको सम्झौता गरेको छ । उक्त डिभेञ्चरमा १०.५० प्रतिशत व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ।
कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ । बुधबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठकाबीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies