२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मिहिनेती महिलाहरु

ADV
सपना बोहरा
२०८१ असार ५ गते ०६:४५
मिहिनेती महिलाहरु

दाङ : मिहिनेत गर्नेका लागि नेपालमै अवसर छ र परिवार सँगै रहेर पनि खुसीसाथ जीवनयापन गर्न सकिन्छ उदाहरण बनेका छन् – दाङ घोराहीका महिलाहरु । दिनभर खेतबारीमा काम गर्ने, तरकारी र अन्न उत्पादनमा लाग्ने, सिजन अनुसार उत्पादित कृषिजन्य बजारमा लगेर आफैँ बिक्री गर्छन् । 

एक हुन– घोराही उपमहानगरपालिका–८ कि सुनिता चौधरी  । उनी बिहानै घरबाट निस्किन्छिन् । उनी  छिटुवा र बोरा भरी तरकारी लिएर घोराही बजार झर्छिन् । 

कहिले सवारी साधनमा तरकारी लिएर आउँछिन त कहिले अटो रिजर्भ गर्छिन । बिहानको चार बजे घोराहीको बालमन्दिर स्कुल नजिकैको चोकमा तरकारी बेच्न थाल्छिन् । उनी सँगै अन्य महिलाहरु पनि तरकारी बेचिरहेका हुन्छन् । 

बिहानको झिसमिसे उज्यालो अनि सडक बत्तिको प्रकाशले जो कोहिलाई पनि छुट्टै सितलता महसुस हुन्छ । छिटुवामा गाउँ बजारमा डुलाउदै तरकारी बेच्ने गरेकी उनी हिजो आज सडक छेउमा बसेर तरकारी बेच्छिन् । आफ्नौ बारीमा बेमैसमी तरकारी भिन्डी, लौका, खुर्सानी, करेला लगयतका तरकारी लिएर बेच्न आउँछिन् । ‘दिनभरी खेत बारीमा समय बित्छ, बिहान बजारमा लिएर बेच्न जान्छ’ चौधरीले भनिन्, ‘तरकारी बेचेपछी पैसा आउँछ, घर व्यबहार चलाउन सजिलो भएको छ । बिहानको समयमा तरकारी बेचेर मात्र चार पाच हजारको आम्दानी हुने गरेको उनले बताइन् । 

घोराही उपमहानगरपालिका १८ बाम्लाकी ढाटी राघु झन पनि छिमेकिको तरकारी लिएर भएपनि बेच्न बिहानै आउँछिन । ‘आफ्नो बारीको पहिलो लटको करेला, भन्टा बेचिसकेँ अब भिण्डी बोडी तयार हुँदै छ राघुले भनिन् ।

छिमेकबाट ल्याउने तरकारीमा केही नामा लिएर उनी उपभोक्तालाई दिन्छिन् । उनी बाम्ला देखि ३ घण्टा पैदल हिडेर तरकारी बेच्न आउँछिन् । 

तरकारी बेचेर ४ जनाको परिवार पालिएको उनले सुनाइन् । बिहानको समयमा तरकारी बेचेर ८ हजार सम्म आम्दानी गर्ने गरेको उनले सुनाइन् । गर्मी समयमा बेमौसमी तरकारी फलाउँदा राम्रो आम्दानी हुने उनको अनुभव छ ।

बिहानको समयमा धेरै तरकारी बिक्ने गरेको घोराही उपमहानगरपालिका १० नारायणपुर कि देबि बस्नेत बताउँछिन् । 

बिहानको समयमा धेर जसो सहरका मानिसहरु सडकमा हिड्न निस्केका हुन्छन् । बस्नेतले भनिन, ‘केही न केही तरकारी किनेर लैजान्छ्न् ।’ 

गाउमा बस्तुभाउलाई दिइने माटे, सम्धिनी साग बजारमा बिक्ने गरेको उनले बताइन् ।  

सुनिता, ढाटी र देबि त उदाहरणका पात्र मात्र हुन । घोराही बजारमा दुर दराजका बस्ती देखि तरकारी बेच्न आउने गरेका छन् ।

बजारमा नपाइने तरकारी तथा फलफूलहरुको कमै होलान् । गाउँका बारीमा वास्तै नगरिने माटे साग, पानी गाभा लगाएतका तरकारी देखि आरु, किम्मुदेखि आँप लिच्ची नहुने त कुरै भएन । बिहानको समयमा हरिया तरकारीले भरीभराउ हुन्छ्न बजार । कोहि छिटुवामा राखेर तरकारी घर आगनमा पुर्याउदै हुन्छ्न भने कोहि चोक चोकमा तरकारी बेच्न बसेका हुन्छ्न् । 

घोराही उपमहानगरपालिकाले  फूटपाथमा तरकारी बिक्री गर्न छूट दिएको छ । बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि फूटपाथमा तरकारी बिक्री गर्न पाइन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise