२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

उपनिर्वाचनमा रास्वपाले कसैलाई समर्थन नगर्ने

ADV
मध्यान्ह
२०८१ मंसिर १३ गते १७:५१
उपनिर्वाचनमा रास्वपाले कसैलाई समर्थन नगर्ने

काठमाडौं : कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने भएको छ ।

सोमवार हुने स्थानीय तहको उपनिर्वाचनमा रास्वपाका नगर सभापति जयराम कार्कीले आकांक्षा राखे पनि पूर्वकांग्रेसी विरासतको नेता भन्दै रास्वपाले टिकट दिएको थिएन् । कार्कीलाई टिकट नदिए पछि रास्वपाले कसैलाई पनि उम्मेदवार बनाएन ।

आफ्नो पार्टीबाट उम्मेदवार नउठाएको रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान मानव वा माओवादी केन्द्रका डा.शिवशरण महर्जनमध्ये एक जनालाई समर्थन गर्ने तयारी गरेको थियो । तर, नेताहरुबीच कुरा नमिलेपछि कसैलाई पनि समर्थन नगर्ने निर्णयमा रास्वपा पुगेको छ ।

रास्वपाले स्वतन्त्र उम्मेदवार राजमानलाई समर्थन गर्ने संकेत गरेको थियो । तर, उनलाई धरानका मेयर हर्कराज राईले समर्थन गरेपछि रास्वपा पछि हटेको स्रोतको भनाइ छ । पछिल्लो समय राई र रास्वपाबीच सम्बन्ध सुमधुर छैन् । गत वैशाखमा भएको इलामको उपनिर्वाचनमा पनि रास्वपाका उम्मेदवारविरुद्ध राईले स्वतन्त्र उम्मेदवार खडा गरेका थिए । मुढा चिन्ह लिएर उठेका डेगेन्द्र लिम्बुलाई समर्थन गरेका राईले त्योबेला देखि नै रास्वपा सभापति रवि लामिछानेको विरोध गर्दै आइरहेका छन् ।

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुँदैछ । कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेका सुरेन्द्र मानन्धर र माओवादी केन्द्रका महर्जन र स्वतन्त्र उम्मेदवार राजमानबीच प्रतिस्पर्धा हुँदैछ ।

रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले उपनिर्वाचनमा पार्टीले कसैलाई समर्थन नगरी तटस्थ बस्ने बताए।   ‘रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको छ’, उनले भने ।

अन्य दलका उम्मेदवारलाई नसघाउने पार्टीको नीति र स्वतन्त्र उम्मेदवार कसलाई छान्ने भन्नेमा अन्योलताले गर्दा तटस्थ बस्दा नै उचित हुने उनले भने ।

रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरूले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुली बताउँछन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise