काठमाडौँ : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान जारी छ ।
गत बिहीबार काठमाडौँ ल्याइएका रविको शुक्रबार पहिलो दिनको बयान सकिएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।
सोही सहकारीमा मुछिएका अर्का आरोपी छविलाल जोशीसँग बयान सकेर उनलाई पोखरा पठाइसकिएको छ । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा रविलाई गत कातिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको थियो ।
शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो ।