२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

गृहमन्त्री गुरुङले लगाइदिए नवनियुक्त आइजिपी केसीलाई फुली

Nada
२०८३ कार्तिक १८ गते १८:०४
Shares
गृहमन्त्री गुरुङले लगाइदिए नवनियुक्त आइजिपी केसीलाई फुली

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको फुली लगाइदिएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि आइजिपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो । कार्कीलाई भने प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त आइजिपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परामा यसपटक परिवर्तन देखिएको छ । यसअघि गृहसचिवले नवनियुक्त प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाइदिने प्रचलन थियो । तर, यसपटक गृहमन्त्री आफैंले उक्त जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रहरी संगठनको इतिहासमा यसअघि पनि गृहमन्त्रीबाट आइजिपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको उदाहरण छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसअघि अवकाशमा जान लागेका महानिरीक्षकले नवनियुक्त आइजिपीलाई फुली लगाइदिने परम्परा थियो । प्रधानको नियुक्तिसँगै उक्त परम्परा तोडिएको थियो र त्यसपछि गृहसचिवबाट दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास सुरु भएको थियो ।

गृहमन्त्री गुरुङले पनि प्रहरी संगठनको निरीक्षणका क्रममा दर्ज्यानी चिह्न प्रदान गर्ने व्यवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए । गृहमन्त्रीको जिम्मेवारी सम्हालेको तीन दिनपछि गत १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका उनले नवनियुक्त आइजिपीलाई प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर