२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे मतदान

Nada
२०८१ मंसिर १६ गते १४:२५
Shares
हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे मतदान

मकवानपुर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन्  ।  उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेल्का हुन्    

ncell

बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले २ वटा मतदानस्थलको व्यवस्था गरेको छ । कूल ८ हजार ५३ मतदातामध्ये दिउँसो १ बजेसम्ममा ४ हजार २२३ मतदाताले मतदान गरेका छन् । मतदान केन्द्रमा मतदाताहरू अहिले पनि मतदान गर्न लामबद्ध छन् । 

विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १ हजार ८४३ मत खसेको छ भने वडाको सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा २ हजार ३८० मत खसेको मतदान अधिकृत सरोज पौडेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर