२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

डोल्पाको त्रिपुरासुन्दरी-५ मा शान्तिपूर्ण रूपमा मतदान

ADV
पुर्ण कुमार
२०८१ मंसिर १६ गते १५:११
डोल्पाको त्रिपुरासुन्दरी-५ मा शान्तिपूर्ण रूपमा मतदान

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा पर्ने ल्हाँमा मतदान अन्तिम चरणमा पुगेको छ । चिसोले गर्दा प्रतिनिधि र मतदाताहरु ढिला गरीमात्र मतदान स्थलमा पुगेपछि ७ बजेदेखि सुरु हुनुपर्ने मतदान प्रक्रिया ८ बजेर २० मिनेटमा मात्र सुरु भएको थियो ।

मतदान प्रक्रिया शान्तिपूर्णरुपमा जारी रहेको र हालसम्म २९६ मत खसेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

वडाध्यक्ष पदका लागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री, नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेदवार बनेका छन् ।

एकीकृत समाजबादीबाट ज्योति घर्तीले उम्मेदवारी दिए पनि उनले उम्मेदवारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेदवार घर्तीलाइ सघाउने बताइसकेकी छन् ।
उक्त वडामा कुल मतदाताको संख्या ३ सय ५३ रहेको छ भने ३ सय हाराहारीमा मात्र मत खस्ने अनुमान गरिएको छ । मतदान प्रक्रिया अन्तिम चरणमा पुगेपनि साँझ ५ बजेसम्म मतदानस्थल खुला रहने प्रजिअ महतले बताए ।

यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको मृत्यु भएपछि सोही पदका लागि निर्वाचन भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise