२०८२ भदौ ९ गते सोमवार / Aug 25 , 2025 , Monday
२०८२ भदौ ९ गते सोमवार
Ads

चीनमा प्रधानमन्त्री ओलीलाई विशेष महत्त्व

shivam cement
२०८१ मंसिर १८ गते ०६:३५
चीनमा प्रधानमन्त्री ओलीलाई विशेष महत्त्व

काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियन पिपुल्स पार्टी (सीपीपी)का अध्यक्ष एवं सिनेटका अध्यक्ष सम्देक टेको हुन सेन र जर्मन विदेशमन्त्री एनालेना बेरबकलगायत विभिन्न देशका नेता सोमबार चीन पुगेका छन् । चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले भने नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई अन्य आमन्त्रितभन्दा विशेष महत्त्व दिएको छ ।

प्रधानमन्त्री ओली चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले यही २ देखि ५ डिसेम्बरसम्म चीनको औपचारिक भ्रमण गर्ने छन् । भ्रमणअघि  चिनियाँ रणनीतिक महत्त्वको परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका वरिष्ठ नेताहरू र २ पार्टी संयन्त्रबीच विभिन्न एजेन्डामा गहन छलफल भएको भन्दै ग्लोबल टाइम्सले प्रधानमन्त्री ओलीले भारत भ्रमणभन्दा अघि चीन भ्रमण गरेकामा प्रशन्नता पनि व्यक्त गरेको छ ।  

फुडान युनिभर्सिटीको सेन्टर फर साउथ एसियन स्टडिजका उपनिर्देशक लिन मिनवाङले भारतभन्दा पहिले चीन भ्रमण गर्ने ओलीको रोजाइ ‘अप्रत्याशित होइन बरु दक्षिण एसियाली देशहरूको बढ्दो नीतिगत विकल्पको प्रतिबिम्ब हो’ भन्न सकिने बताएका छन् ।

यसअघि सत्तामा आएपछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले पनि भारतको सट्टा पहिले चीन भ्रमण गर्ने छनोट गरेका र अन्य दक्षिण एसियाली देशहरूले सक्रिय रूपमा चीनसँग सम्बन्ध विकास गरिरहेका समाचारमा उल्लेख छ । 

‘यसले नेपालको आन्तरिक राजनीति र चीनप्रतिको नीतिमा आएको परिवर्तनलाई झल्काउँछ’, लीलाई उल्लेख गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन सक्रिय भूमिका खेल्न नेपालमा दिएको अभिव्यक्तिलाई पनि समाचारमा समेटिएको छ । प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयका साथै नेपाल–चीन व्यापार मंचलाई सम्बोधन गर्ने छन् ।

ADV

सम्बन्धित खबर

Advertise