रौतहट : रौतहटका सयौं मदरसाहरुमा अहिले शुल्क लिएर विद्यार्थीहरुलाई पठाउन थालिएको छ । नेपालको सबभन्दा बढी मुस्लिम आवादी रहेको रौतहटमा सयौं वर्ष पुरानो मदरसाहरुमा अभिभावकको आर्थिक अवस्था हेरेर शुल्क लिने गरेको जमियत अहले हदिश रौटहटका अध्यक्ष शौयव सल्फिले मदनीले बताए ।
उनी आफैं सचिव रहेको मदरसा दारुल किताब सुन्न सरुवातमा प्रति विद्यार्थी एक हजार र पाँच सय रुपैयाँ लिने गरेको स्वीकारेका छन् । यसरी लिएको शुल्क मदरसामा बस्नेहरुलाई व्यवस्थापन होस्टेल खर्च बेहोर्नु गरेको उनले बताए ।
जिल्लाका जोगौलिया, कनकपुर, जमुनिया, गमहरिया, जयनगर, करुनिया, जिंगरवा, फतुवा महेशपुर, राजपुर फरहदवा, पिपरा भगवानपुर, बैरिया, अकोलवा लगायतका दर्जनौं गाउँमा छात्र छात्राहरुका लागि छुट्टाछुट्टै मदरसाहरु खोलेका छन् । जहाँ उर्दु, अरबी बाहेक सरकारी पाठ्यक्रम पढाइने गरिन्छ ।