रौतहट : रौतहट सुकदेव चोकमा रहेको नेपाल तराई सिटी हस्पिटल प्रालिको मोबाइल एपमा सबै रिपोर्ट हेर्ने सकिने भएको छ ।
प्रमुख डा. मधुरेन्द्र यादवका अनुसार मोबाइलको प्लेस्टोरमा गएर हस्पिटल सर्च गरी मोवाइल एप डाउनलोड गरी बिरामीले आफ्नो फोन नम्बर वा पेसेन्ट आइडी खोली ल्याब रिपोर्ट बिरामीले बुझाएका विभिन्न शुल्क, बिल र लिष्टहरु हेर्न सकिने जनाइएको छ ।
अस्पतालले आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ ।