रौतहटः रौतहटमा खोल्सामा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर–२ लक्ष्मीनिया करुनिया टोलको खोल्सामा डुबेर एकैसाथ २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बौधिमाई नगरपालिका वडा नम्बर–५ कोपवा टोलका शेख मनाउलका ३ वर्षीय छोरा र ६ वर्षीय छोरी रहेकी छिन् ।
बकैया नदिको बाढीले बाँध भत्काएर बनेकाे खोल्सामा आइतबार साँझ करिब ६ बजेको समयमा माछा मार्न गएको क्रममा उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ। लक्ष्मीनिया करुनियामा मामाघर भएका उनीहरु पन्ध्र दिन अघि त्यहाँ आएका थिए ।