काठमाडौं : आठ महिना अघि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी लिएका भारतीय नागरिक उमेश पटवालले पदबाट राजीनामा दिएका छन् ।
तत्कालिन समयमा नेपाल क्रिकेट संघ क्यान निलम्बन भएपछि आईसीसीले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपसँग समन्वय गरि पटवाललाई नेपाली टिमको प्रशिक्षक बनाएको थियो ।
उनी पहिला नेपाली क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक थिए । पछि आईसीसीले नै नेपाली टिमको मुख्य प्रशिक्षकको रुपमा पठाएको थियो । नेपाल क्रिकेट संघ क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई निलम्बन गरे पनि नेपालको खेल तालिकामा भने कुनै प्रतिबन्ध लगाएको थिएन ।
यसबीचमा नेपालले एक दिवसीय मान्यता पाउँदा समेत आईसीसीले विभिन्न सिरिजका लागि खेलाडी छनोटदेखि सेवा सुविधासम्मको काम पनि गर्दै आएको थियो । अहिले क्यानले आफ्नो कार्य सुरु गरिसकेकाले पटवालको उपस्थितिमा नेपाली क्रिकेट टिमले आशातित सफलता हासिल नगरेको भन्दै यसअघि नै हटाउने तयारी गरेको थियो ।
बुधबारदेखि नेपाल, ओमान र अमेरिकाबीचको सिरिज अघि अकस्मात राजीनामा सार्वजनिक भए पनि पटवालले एक हप्ता अघि नै आईसीसीमा राजीनामा दिएको बुझिएको छ । उनले यो सिरिज लगत्तै लागूहुने गरि राजीनामा दिएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies