२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

पत्रकार महासंघ रौतहटको अध्यक्षमा ४ जनाको मनोनयन दर्ता, ११ जना निर्विरोध

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २६ गते २०:५३
पत्रकार महासंघ रौतहटको अध्यक्षमा ४ जनाको मनोनयन दर्ता, ११ जना निर्विरोध

रौतहट : नेपाल पत्रकार महासंघ रौतहट शाखाका उम्मेदवारहरूको मनोनयको नामावली प्रकाशन भएको छ । जसमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको हो । अध्यक्ष पदका लागि मदन ठाकुर धनन्जय, सञ्जय कुमार कार्की, उत्तम उपाध्याय र रविन्द्र प्रसाद साहले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्ष पदमा पुष्पराज यादव, दिल्ली बहादुर कार्की,प्रविन कुमार शर्मा, रामएकवाल साहले उम्मेदवारी दर्ता गराएका हुन् । महिला सदस्य पदमा विना राउतको एक्लो उम्मेदवारी परेको हो । सो पदमा अन्यले उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ ।

सचिवमा गौतम श्रेष्ठ, राकेश कुमार यादव, सन्तोष पौडेल, सह–सचिव(समावेशीमा) दिनेश यादव,राकेश यादवले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै सह–सचिव खुलामा जितेन्द्र लाल श्रीवास्तव, धर्मेन्द्र साहले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा किशोरी यादव,विकास अग्रवाल र संजय कुमार सहनीले उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी महिला सदस्य रूद्र कार्की, दलित सदस्यमा रामप्रवेश बैठा,आदिवासी जनजाति सदस्यमा प्रकाश श्रेष्ठ,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,अन्य समावेशी अपांगमा रामपुकार राउतले मनोनयन दर्ता गराएका हुन् ।

अन्य सदस्य खुलामा उमेश यादव,कृष्णा तिवारी,रेशमी पटेलले उम्मेदवार दिएका हुन् ।  केन्द्रीय परिषद सदस्यमा शैलेन्द्र गुप्ता,प्रदेश परिषद् सदस्यमा रमेश तिमल्सिनाले मनोनयन दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघ रौतहट शाखाको लागि ११ पदमा एक्लो उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने निश्चित देखिन्छ । यदि  कुनै पदमा दाबी विरोध भएन भने उनी स्वतः निर्विरोध निर्वाचित हुनेछन् । यसको परिणाम भने बिहीबार मात्रै सार्वजनिक गरिनेछ ।

नेपाल पत्रकार महासंघ रौतहटको चुनावका लागि बुधबार मनोनय दर्ताको लागि समय तोकिएको थियोे । बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म समय सिमा तोकिएको थियोे । अपरान्ह ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको थियोे ।

बुधबार मंसिर २६ गते अपरान्ह ४ बजेदेखि बिहीबार मंसिर २७ गते बिहान ८ बजेसम्म उम्मेदवार उपरको दाबी विरोधका लागि समय सीमा तोकिएको हो । सोही दिन बिहान ८ः३० बजे उम्मेदवारले नाम फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन निर्वाचन समितिले बताएको छ ।  जिल्ला समिति कार्यसमितिको नयाँ कार्यसमिति चयनका लागि २८ मंसिरमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुने भएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise