२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा कार्की निर्वाचित

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २८ गते २१:४५
नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा कार्की निर्वाचित

रौतहट : नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा १५ मत ल्याएर कार्की निर्वाचित भएका हुन् ।

नेपाल प्रेस युनियनका उम्मेदवार कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी उत्तम उपाध्याय र रवीन्द्र प्रसाद साहलाई ३ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी उपाध्याय र साहले १२÷१२ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मदन ठाकुर (धनञ्जय) ले  ६ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा डिल्ली बहादुर कार्की निर्वाचित भएका हुन् । उनले १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका छन् । 

त्यस्तै सचिवमा २६ मत ल्याएर गौतम श्रेष्ठ निर्वाचित भएका छन् भन्ने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह–सचिवमा जीतेन्द्रलाल श्रीवास्तव तथा कोषाध्यक्षमा सञ्जय कुमार सहनी निर्वाचित भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise