२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ग्लोबल टी-२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने

ADV
मध्यान्ह
२०८१ असार ८ गते ११:२२
ग्लोबल टी-२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने

काठमाडौं : नेपालका तीन क्रिकेटर रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । 

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेसनल्समा अनुबन्ध भएका छन् ।  गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । 

यो ग्लोबल टी२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए । खेल २० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।

ADVADV

सम्बन्धित खबर

Advertise