काठमाडौं : विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘बज्रघात’ युट्युबमा सार्वजनिक भएको छ । गीतसंगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको ‘बज्रघात’ उनकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । उपन्यासको भोइस–ओभर गणेश सुवेदीले गरेका छन् ।
‘पढ्नका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएको हुनाले अन्य काम गर्दागर्दै पनि सुनेर पढ्न सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास सार्वजनिक गरेको हुँ’, डा. उपाध्यायले भने । उनका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’ युट्युबमा सार्वजनिक भएको थियो । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उनले जानकारी गराए ।
कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उनका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उनले जानकारी गराए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies