२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

नेपाल–भारत आवत–जावत सहज हुनुपर्ने माग राख्दै प्रशासनलाई ज्ञापनपत्र

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष २ गते २२:३०
नेपाल–भारत आवत–जावत सहज हुनुपर्ने माग राख्दै प्रशासनलाई ज्ञापनपत्र

रौतहट : नेपाल भारत सीमावर्ती क्षेत्रका बासिन्दाहरुलाई चारपांग्रे सवारी साधन लिएर सहज रुपमा नेपाल–भारततर्फ आवत–जावत गर्न पाउनुपर्ने माग राख्दै ईशनाथ नगरपालिकाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । नगरप्रमुख कौशल्या देवी, उपप्रमुख मोहम्मद प्रवेज, वडाध्यक्षहरु तमजुल खाँ, धर्मेन्द्र साह, शत्रुघन सिंह, शेख अब्दुल खालिक र जवाहिरलाल साहले संयुक्त रुपमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिका वडा नम्वर १ बन्जरहा, २ औरैया र ४ लतमरी टोल नजिक रहेका नेपाल–भारत सीमाबाट चारपांग्रे सवारी साधन विगतमा आवत–जावत हुने गरेको भएपनि पछिल्लो केही समयदेखि उक्त सीमाहरुबाट चारपांग्रे सवारी साधन आवत–जावत गर्न बन्द भएको छ । यसरी आवत–जावत बन्द हुँदा दुवै देशका नागरिकबीचको पारिवारिक सम्बन्ध प्रभावित भएको भन्दै ध्यानाकर्षण गराइएको छ । नेपाल–भारतको खुल्ला सीमाना भएकोमा दुवै देशका जनताहरुबीच पारिवारिक सम्बन्ध, आपसी भाइचारा, सद्भाव कायम रहोस् र दुबै देशका नागरिक बीचको रोटीबेटीको सम्बन्धमाथि कुनै खलल नपुगोस् भन्दै प्रजिअलाई ध्यानाकर्षण गराइएको नगरप्रमुख देवीले बताइन् ।

यसअघि ईशनाथ नगरपालिकाको पूर्वनगरप्रमुख सन्तोष मेहताले पनि सोही नाकाबाट चार पांग्रे सवारीसाधन आवत–जावत गर्न रोक लगाइएकोमा प्रजिअ रेग्मीलाई ज्ञापन पत्र बुझाइएका थिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले सीमावर्ती नागरिकको स्थानीय समस्या भएपनि कानुनी रुपमा समाधान हुने भएकाले  गृह मन्त्रालयमा अवगत गराइएको र त्यहाँबाट नै समाधानको प्रयास हुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise