२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

यमुनामाईको आठौं गाउँ सभाः ३३ करोड ८२ लाख बढीको बजेट प्रस्तुत

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार ८ गते २२:०९
यमुनामाईको आठौं गाउँ सभाः ३३ करोड ८२ लाख बढीको बजेट प्रस्तुत

रौतहट : यमुनामाई गाउँपालिकाले आठौं गाउँसभा सम्पन्न गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न भइसक्नुपर्ने व्यवस्थालाई मध्य नजर गर्दै यमुनामाई गाउँपालिकाले शनिबार गाउँसभा सम्पन्न गरेको हो । 

कार्यक्रममा यमुनामाई गाउँपालिका वडा नं.१ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नन्दलाल यादवले अनुमानित रकम ३३ करोड ८२ लाख ६ हजार ९९९ रुपैयाँ प्रस्तुत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष महमद साउदले भने,‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।

गाउँ सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको यमुनामाई गाउँपालिकाका नि.प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले जानकारी दिए । यस गाउँ सभाले आफ्ना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वधार, कृषि, पशुपक्षी, खानेपानी तथा सरसफाई, उद्योग, वाणिज्य तथा वित्तीय लगायतका क्षेत्रलाई विशेष प्रथमिकता दिएको अधिकृत यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise