ललितपुर : ट्याटु प्रेमी युवाहरूलाई लक्षित गरी रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको ‘टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन’ शुक्रबार शुरु भएको छ । कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करिब सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।
नाखिपोटको बास्केटबल कोर्ट, ललितपुरमा आयोजना भइरहेको कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रवद्र्धन गर्ने रहेको छ । साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक पूनम थापा सारुले बताइन् । कार्यक्रममा ललितपुरका स्थानीय ट्याटू कलाकारहरुले भाग लिएका छन् ।
उक्त दुई दिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ नेपालका चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गरेका छन् । यामन, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका छ्न भने शनिबार सविन राई, फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies