काठमाडौं : एससिटी–युनियन पे कार्डमार्फत अब मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक एससिटीले नयाँ सुविधा सञ्चालनमा ल्याएको हो ।
यो व्यवस्थासँगै एससिटी–युनियन पे कार्ड प्रयोगकर्ताले इसेवा, खल्ती, हाम्रो पेलगायत कार्डबाट वालेट लोड गर्ने सुविधा भएका सबै मोबाइल वालेटमा सजिलै रकम जम्मा गर्न सक्नेछन् । नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी)मा आबद्ध भएका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेसनबाट ग्राहकले यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
यसअघि पोस मेसिनमा मात्र सीमित रहेको कार्डको प्रयोग अब थप विस्तार भएको हो । नयाँ सुविधाले ग्राहकलाई डिजिटल वालेटमार्फत भुक्तानी गर्न, ई–कमर्स साइटमा सामान खरिद गर्न तथा हवाई टिकट काट्न पहिलेभन्दा अझ सहज हुने विश्वास कम्पनीले लिएको छ ।