२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

विश्व फोटोग्राफी दिवसमा वन्तको एकल फोटो प्रदर्शनी

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते १८:१२
विश्व फोटोग्राफी दिवसमा वन्तको एकल फोटो प्रदर्शनी

काठमाडौं : १८६औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ ।

संस्थाले यस वर्ष ‘फ्लाइट एन्ड फ्रेम’ शीर्षकमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको एकल प्रदर्शनी आयोजना गरेको हो । बुधबार काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चलेको प्रदर्शनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारको रूपमा खिचिएका करिब ६० फोटो प्रदर्शनमा राखिएका थिए । 

No description available.

तीमध्ये अधिकांश फोटो नेपालका विभिन्न जिल्लाका भौगोलिक र पर्यटकीय क्षेत्रहरू हेलिकप्टरबाट खिचिएका हुन् ।

राष्ट्रिय फोटो पत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । आगामी दिनमा अन्य सदस्यहरूको पनि एकल प्रदर्शनी आयोजना गर्दै जाने संस्थाले जनाएको छ ।

फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार समेत हुन् । प्रदर्शनीको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटो पत्रकारहरू मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा गरेका थिए  । 

No description available.

कार्यक्रममा समूहका सदस्यहरूसहित फोटो पत्रकार, सञ्चारकर्मी, फोटोग्राफर तथा फोटोप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले बताए । 

सार्वजनिक रूपमा आयोजना गरिएको प्रदर्शनीमा स्थानीयबासी, स्वदेशी तथा विदेशी पर्यटकले समेत सहभागिता जनाएका थिए ।

संस्थाका महासचिव घनश्याम श्रेष्ठले प्रदर्शनीले विश्व फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

ADV

सम्बन्धित खबर

Advertise