२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते २०:१८
भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

काठमाडौं : डेल्टा अटोकर्प प्रालिले भेस्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । भेस्पा अप्रिलियाको सबै स्कुटरहरूका लागि सम्पूर्ण सुविधा प्रदान गर्नेगरी सो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाडौंमा सञ्चालनमा आएको हो ।

नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिक उपलब्ध हुने जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले अब स्पेयर पाट्र्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन् ।

कम्पनीका निर्देशक विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवाको दायरा फराकिलो बनाउने बताए । कम्पनीले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको र नयाँ सेन्टरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise