२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

नबिल ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५’बाट सम्मानित

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते २०:२५
नबिल ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५’बाट सम्मानित

काठमाडौं : नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ : बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित अन्तर्राष्ट्रिय अवार्डबाट बैंक सम्मानित भएको हो ।

नबिललाई वार्षिक रूपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधि प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहललगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । 

सो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताका आधारका रूपमा पनि लिइन्छ । नबिलले पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडीजी) आत्मसात् गर्दै आफ्नो कारोबारमा वातावरणीय, सामाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगीकार गर्दै आएको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise