२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

नेपाल एसबिआईका ग्राहकले विभिन्न सेवामा छुट पाउने

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते २०:२३
नेपाल एसबिआईका ग्राहकले विभिन्न सेवामा छुट पाउने

काठमाडौं : नेपाल एसबिआई बैंकका ग्राहकले अस्पतालदेखि होटेलसम्मका विभिन्न सेवामा छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले बैंकले गरेको सम्झौताअनुसार ग्राहकले सो सुविधा पाउने भएका हुन् । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बैंकले रामदा एनकोर काठमाडौं, होलिडे इन रिसोर्ट काठमाडौं र हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग छुट सम्झौता आदानप्रदान गरेको छ । 

सम्झौताअनुसार, रामदा एनकोर काठमाडौंमा बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताले खाना, पेय पदार्थ तथा आवास सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, होलिडे इन रिसोर्ट काठमाडौंमा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

साथै, बैंकले हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग पनि छुट सम्झौता गरेको छ । जहाँ बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले दन्त उपचार सेवामा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise