२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच भुक्तानी सम्झौता

shivam cement
मध्यान्ह
२०८२ भदौ ४ गते २०:१८
नियो मनी ट्रान्सफर र जुबा एक्सप्रेसबीच भुक्तानी सम्झौता

काठमाडौं : नियो मनी ट्रान्सफरले जुबा एक्सप्रेससँग साझेदारी गर्दै नयाँ रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ । सो सहकार्यसँगै अमेरिका, बेलायत, युरोप, क्यानडा, मध्यपूर्व तथा पूर्वी अफ्रिकाबाट नेपालमा पैसा पठाउन झनै सहज र सुरक्षित भएको कम्पनीले जनाएको छ ।

ग्राहकले रकम नगद भुक्तानी, सिधा बैंक खातामा जम्मा वा मोबाइल वालेटमार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यसले पैसा पठाउने र पाउने दुवै पक्षलाई छिटो, सरल र भरपर्दो सेवा दिने लक्ष्य राखेको जनाइएको छ । सो सहकार्यले नेपालभित्र वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने र आर्थिक वृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise