काठमाडौं : नाडा अटो सो २०२५ मा सेरेसले थ्री एक्स अफर ल्याएको छ । प्रदर्शनी अवधिभर लागू हुनेगरी कम्पनले सो अफर ल्याएको हो ।
सो अफरमा तीन वर्षको सम्पूर्ण बिमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणाबराबरको फाइदा रहेको कम्पनीले जनाएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।