काठमाडौं : नेपाली साहित्यकाशका दुई हस्ती शनिबार अस्ताएका छन् । वरिष्ठ साहित्यकार प्रा.डा. डीपी भण्डारी र दार्जिलिङकी नाटकार, कथाकार इन्द्रमणि दर्नालको शनिबार निधन भएको हो ।
भण्डारीको ८५ वर्षको उमेरमा निधन भएको हो । भण्डारी निमोनिया, श्वासप्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यही फागुन २१ धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । त्यहीँ उपचारका क्रममा शनिबार बिहान ११ः४५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
भण्डारीले त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष प्राध्यापन गरेका थिए । थुप्रै नेपाली साहित्यमा थुप्रै कृति दिएका भण्डारी अखबारी लेखनमा पनि अब्बल थिए । उनले नेपाली र अंग्रेजीमा पस्कने स्तम्भ खुबै रूचाइन्थ्यो । भण्डारीको शनिबार नै आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उता, दार्जिलिङकी नाटकार, कथाकार इन्द्रमणि दर्नालको निधन भएको छ । जनवरीदेखि मुटुको बिरामीले थलिएकी दर्नालको उपचारका क्रममा दार्जिलिङको एक अस्पतालमा निधन भएको हो ।
कथा र नाटक रचनामा अब्बल दर्नाल लो–प्रोफाइलकी साहित्यकार मानिन्छिन् । उनी साहित्य अकादमी दिल्लीको सदस्य पनि थिइन् । दार्जिलिङको साहित्यिक संस्था बसुधाकी संस्थापकमध्ये एक हुन् ।
पौराणिक वा पूर्वीय मिथबारे नाटक लेख्न खप्पिस दर्नाल भारतीय नेपालीसाहित्यमा पहिलो महिला नाटककारका रुपमा पनि चिनिन्छन् गोर्खाल्याण्ड आन्दोलनसँग सम्बन्धित उपन्याससँगै ययाति, अक्षीभू र कृष्णाकृष्णा उनका प्रमुख कृति हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies