२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सप्तरीमा १४ सय किलो गाँजासहित एक जना पक्राउ

Nada
२०८३ असोज ४ गते १२:५७
Shares
सप्तरीमा १४ सय किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ :  सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट ठूलो परिमाणमा अवैध लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल र अन्य सुरक्षा निकायको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँस्थित एक घरबाट ५६ बोरा गाँजा बरामद गरेको हो ।

ncell

विशेष सूचनाका आधारमा खटिएको सुरक्षा निकायको संयुक्त टोलीले असोज ३ गते स्थानीय व्यक्तिको घरमा कानुनी रीत पुर्‍याई खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखिएको अवस्थामा अन्दाजी १,४०० किलोग्राम (५६ बोरा) गाँजा फेला पारेको थियो ।

गाँजा बरामद भएपछि प्रहरीले सम्बन्धित घरधनीलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी बलले जनाएको छ ।

सम्बन्धित खबर