२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो

Nada
२०८३ असोज ३ गते १५:२७
Shares
माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो

रसुवा : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन् । 

ncell

असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको हो ।

बाढीका कारण आयोजनास्थलबाट ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर