काठमाडौं : ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ । अठारौं वर्षसम्म आइपुुग्दा बैंकले व्यावसायिक रूपमा फराकिलो यात्रा गरेको जनाएको छ । निक्षेप, कर्जा प्रवाह, अर्थतन्त्रमा योगदान, मुनाफा वितरण लगायतका विषयमा बैंकले फराकिलो यात्रा गर्दै गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
२०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पूँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरु एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पूँजी र गाभिए पश्चात कायम भएको पूँजीको भिन्नताको रकम (पूँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगी, पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एक अरब बत्तिस करोड उनान्चालिस लाख एकसठ्ठी हजार तीनसय एकासी थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकको भनाइ छ ।
सञ्चालन नतिजामा
आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड र कर पछिको मुनाफा ६१३.७४ करोड हासिल गर्न सफल भएको जनाएको छ । बैंककाअनुसार आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्ष भन्दा २५ करोडले कमी भएको छ भने फी शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ करोडले वृद्धि भएको छ ।
साथै, गत आवमा सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोडले वृद्धि भएको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको कारणले खुद नाफमा कमी आएको छ । साथै सो अवधिमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा भने बैंकको निक्षेपमा २४.५१ अर्बले वृद्धि भै ५२९.३८ अर्ब पुगेकोे र लगानी तर्फ पनि २७.८६ अर्बले वृद्धि भै ४१८.६३ अर्ब पुगेकोे छ । चालु वर्षको प्रथम त्रैमास अवधिमा बंैकले १५१ करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तमा बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत कायम हुन पुुगेको बैंकको तथ्यांकले देखाएको छ । यसको अतिरिक्त गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पु¥याएको बैंकको भनाइ छ
भावी दिनमा ग्लोबल आइएमई
अहिले सो बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरु, शाखा रहित बैंकिङ सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरू समेत १,१०० सेवाकेन्द्र मार्फत् सेवा प्रदान गर्दै आएकोमा बैंकिङ पहुँचको विषयमा आगामी दिनमा थप कार्य गर्ने जनाएको छ । साथै आगामी दिनमा बैंकले सिएएसए डिपोजिट र कर्जा प्रवाहर्फ एसएमई, रिटेल, एमएसएमई, र प्राथमिकता प्राप्त क्षेत्रलाई जोड दिने जनाएको छ । ‘त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै वचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत स्रोतको रूपमा महत्व दिई आएका छौं । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरु मा समेत निरन्तरता दिईने छ’, बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
बैंकले हरित तथा दिगो विकास अन्तर्गत दिगो, न्यून कार्वन वृताकार अर्थतन्त्र को दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरूलाई थप प्रवद्र्धन गरिने जनाएको छ । साथै आगामी दिनमा बैंकले मूूल्य अभिवृद्धिमा योगदान पु¥याउने क्षेत्र कर्जा प्रवाहलाई वृद्धि गर्ने, रेमिट्यान्सको आप्रवाहलाई थप वृद्धि गर्ने र सम्बन्धित निकायबाट स्वीकृति पाएमा अमेरिका, बेलायत लगायतका सम्भाव्य मुलुका शाखा विस्तार गर्ने योजना रहेको बैंकको भनाइ छ ।
बैंकले अन्तर्राष्ट्रिय वित्त निकायहरूमार्फत् स्रोतको व्यवस्थापन गर्दै आएको र आगामी दिनमा पनि ती निकायहरूमार्फत् संस्थाको हितलाई केन्द्रमा राखेर अगाडि बढ्दै जाने जनाएको छ । ‘अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँगको व्यवसायिक सम्बन्धले लगानीको श्रोत प्राप्त गरेको मात्र नभई बैंकको अन्तर्राष्ट्रिय साखमा समेत अभिवृद्धि भएको र बैंकले गरेको श्रोतको उपयोग तथा कार्य सञ्चालनवाट अन्तर्राष्ट्रिय वित्तीय साझेदारहरु थप उत्साहित भई बैंकसँग थप कारोवारको लागि अनुरोध गरिरहेका छन् । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरुमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोवार अगाडी बढाइने नीति रहेको छ’, बैंकको वार्षिकोत्सवको अवसरमा प्रदान गरेको जानकारीमा उल्लेख छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान
ग्लोबल आइएमई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित हुँदै आएको छ । बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा युरोमोनी अवार्ड, द बेस्ट बैंक नेपाल, लगायतका अवार्डहरू प्राप्त गरेको छ । साथै, बैंकले आन्तरिक रूपमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याएको हिसाबले सम्मानित भएको छ । विश्वमै ख्यातिप्राप्त युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञबाट गहिरो अध्ययन तथा विश्लेषण गराई तोकिएको मापदण्ड पूरा गर्ने बैंकलाई विविध विधामा युरोमनी अवार्ड प्रदान गर्दै आएकोमा नेपालबाट ग्लोबल आइएमई बैंक ‘द बेस्ट बैंक इन नेपाल २०२४–बेस्ट बैंक फर इएसजी (इन्भायरोमेन्टल, सोसियल एण्ड गभर्नेन्स) बाट सम्मानित भएको छ ।
त्यसैगरी ग्लोबल फाइनान्स–बेस्ट बैंक अवार्ड २०२४ बाट समेत सम्मानित भएको छ । विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो र ग्लोबल फाइनान्सको प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंकसमेत हो । राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्था तर्फ सवैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रूपमा नेपाल सरकार, आन्तरिक राजस्व विभागले ग्लोबल आइएमई बैकलाई सम्मानित गरेको छ ।
अर्थतन्त्रमा योगदान र सामाजिक क्षेत्रमा सक्रियता
समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्ब भन्दा बढीको योगदान गरेको छ । व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पूँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको बैंकको दाबी छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौतामार्फत् ३,८०० जना भन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको बैंकले जनाएको छ ।
त्यस्तै, सामाजिक उत्तरदायित्वको क्षेत्रमा बैंकले निरन्तर रूपमा काम गर्दै आएको जानकारी दिएको छ । भूकम्पमा जनधनको क्षति भएका, फरक क्षमता भएका बालबालिका, विद्यार्थीलाई दिवा खाजा, खेलकुद, महामारी नियन्त्रण लगायतको क्षेत्रमा समीक्षा वर्षमा ७ करोड १९ लाख बराबरको बैंकले योगदान गरेको सूचनामा उल्लेख छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई बैंकको चुक्ता पूँजी छत्तिस अर्ब बाह्र करोड सतासी लाख सत्तरी हजार दुईसय बाउन्न) को ५.५ प्रतिशत अर्थात् अक्षरेपी एक अर्ब अन्ठानब्बे करोड सत्तरी लाख बयासी हजार तीन सय त्रिसठ्ठी रुपैयाँ र पैसा छयासी मात्र) लाभांस बोनस शेयरको रुपमा वितरण गर्न प्रस्ताव गरेको छ ।
त्यस्तै, बैंकले समीक्षा वर्षमा बैकिग सेवाका अत्यावश्यक उपकरणहरू, सफट्वेयर डाटा, नेटवर्क, तथ्य तथ्यांकहरूको साईवर सुरक्षासँग सम्बन्धित इन्डोप्वइन्ट सेक्युरिटी लाइसेन्स खरिद गरी कार्यान्वयनमा ल्याएको छ । बैंकको कल सेन्टर सोल्युसनलाई थप परिष्कृत गरिएको छ, हाल १८ घण्टा सञ्चालनमा रहेको यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने योजना रहेको छ ।
जवाफदेही र उत्तरदायी बैंकिङ समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृिद्धको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रकृया स्वचालनको प्रयोग गरिएको छ । सो वाहेक बैंकको आन्तरिक प्रकृया छिटो र प्रविधिमैत्री बनाउन विभिन्न एप्लिकेसन विकास गरी कार्यान्वयनमा ल्याएको छ, जसबाट बैंकको आन्तरिक काम कारोबारमा निपूर्णता आई सेवाको गुणस्तर समेत अभिवृद्धि भएको बैंकको दाबी छ ।