
बझाङ : बझाङको थलारा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडातर्फ जाँदै गरेको ट्याक्टर थलारा–२ कफलफाँडा नजिकको पारमुल क्षेत्रमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा थलारा–२ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष रविन्द्र बहादुर खातीले जानकारी दिए । चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते चालक चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।