२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

himalayanlife
२०८१ पुष १६ गते १४:१८
Shares
अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनीहरूले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमश: २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरको अख्तियारका सहायकप्रवक्ता थपलियाले बताए ।

तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ, तत्कालीन सबइन्जिनियर पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसीविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत गौतम, तत्कालीन इन्जिनियर आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मगर, सचिव वि.क. र कोषाध्यक्ष देवकोटाविरुद्ध ८ लाख ३४ हजार ३२० रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर