२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

himalayanlife
२०८१ पुष १६ गते १५:३२
Shares
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको पार्टीको सयदिने अभियानको समापन गर्दै उनले सबै नेपाली एकताबद्ध भएर गणतन्त्रलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए । 

सभापति देउवाले राष्ट्रिय मेलमिलापको नीतिबाट प्रेरित भएर नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर राष्ट्रनिर्माणका काममा अघि बढिरहेका भन्दै यो एकता सधैँ अक्षुण्ण रहनुपर्ने बताए । 

पूर्वप्रधानमन्त्री देउवाले गणतन्त्रलाई सफल पार्न यसविरुद्धका गतिविधि निस्तेज पार्नुपर्ने बताए । उनले हिमाल, तराई, पहाड जुनसुकै स्थानका नेपालीबीच एकता र मेलमिलाप हुनुपर्नेमा जोड दिए ।

पार्टीका नेता कृष्णप्रसाद सिटौलाले देशको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भने, “आर्थिक रुपमा पछाडि परेका जनतालाई विकास मूल प्रवाहमा समाहित गर्नुपर्छ, दलित, महिलाका समस्या समाधान गरेर उनीहरुलाई पनि आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु नेपाली कांग्रेसको दायित्व हो ।” नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप नीतिअनुरुप सबै राजनीतिक दललाई एकाकार गरेर काम गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्छ भने । पार्टीले काठमाडौँका एक सय ३८ वटै वडा, ११ वटै स्थानीय तह र १० वटै निर्वाचन क्षेत्रमा सयदिने अभियान सञ्चालन गरेको जानकारी उनले दिए ।

ताजा खबर

सम्बन्धित खबर