दोहा, कतार : रविदास समाज सेवा कतारको प्रथम अधिवेशन हुने भएको छ । आउँदो शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदानसहित अधिवेशन हुने भएको छ ।
“रविदास समाज सेवा कतारको चाहना, सभ्य, समृद्ध र शिक्षित समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २०२० मा स्थापना भएको समाजले प्रथम अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुराएको समाजका सचिव राम एकवाल रामले बताए । कतारमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेका नेपालीहरूको भव्य उपस्थिति रहने अपेक्षा समाजले गरेको छ ।
शुक्रबार सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न हुने अधिवेशन दिउँसो १ बजेबाट सुरु हुने अध्यक्ष लालबाबु रामले बताए । उनले सन्त रबीदासमा आस्थावानहरुलाई उपस्थितिको लागि पनि आग्रह गरेका छन् ।